Logo

साढे ४६ अङ्कले घटेर शेयर बजार राताम्मे



काठमाडौँ, २२ चैत । सोमवार १६ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।

शेयर बजार दोहोरो अङ्कले घटेको दिन होटल समूहबाहेक अरू सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । आज कारोबार रकममा भने सामान्य सुधार आएको छ ।

हिजो एक अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५८ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्