Logo

रमेश सिलवालको रिट खारेज



काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ ।

सरकारले आफूलाई नियम विपरीत सदस्य सचिवबाट हटाएको भन्दै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । तर मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरिदिएको हो ।

रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा काम गर्न बाटो खुलेको छ । सरकारले सिलवाललाई हटाएर गएको मङ्सिर १३ गते घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्