Logo

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा



काठमाडौँ, २२ चैत । चोभारमा बनेको सुक्खा बन्दरगाह मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाडौँका लागि मालवस्तु बोकेर आएका तीन वटा कन्टेनरलाई भित्राएर बन्दरगाहको उद्घाटन गरेका हुन् ।

अब नेपालका विभिन्न देशबाट भित्रिएका ट्रक तथा कन्टेनरलाई सिधै चोभारमा ल्याएर भन्सार जाँच पास गर्न सकिने भएको छ । यस्तै विदेश निर्यात गर्ने सामानको भन्सार जाँच पास पनि चोभारबाटै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्