Logo

राष्ट्रपतिद्वारा पाँच वटा अध्यादेश जारी



काठमाडौँ, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसैगरी सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्