Logo

दीपक मनाङेद्वारा कर्मचारीमाथि हातपात



कास्की, २३ चैत । गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् ।

मनाङेले मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन । कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् ।

कुटिएका कर्मचारी ओझाको मोबाइल स्विच अफ छ । ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएको छ ।

युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा विवाद भएपछि मन्त्रीले हात हालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्