Logo

निर्वाचन आचारसंहिताबारे एमालेले आयोगको ध्यानाकर्षण गरायो



काठमाडौँ, २४ चैत । नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटी देखिएको र ति त्रुटी सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए ।

एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

आचारसंहिता पालना गर्न एमाले प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ छ । हामी आचारसंहिता पालना गर्छौ । त्यसभित्रका केही बुँदामा हाम्रो विमती हो । त्यसबारे आयोगको ध्यानाकर्षण गराएका छौं । महासचिव पोखरेलले भने

प्रतिक्रिया दिनुहोस्