Logo

दुई वटा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु



कैलाली, २५ चैत । कैलालीको गोदावरी नगरपालिका-३ मा गएराति दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई जना चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सुदुरपश्चिम प्रदेश ०२-००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका १११ नम्बरका मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का ३० वर्षीय पुरन कुमार मडै र अर्को मोटरसाइकल चालक कैलालीकै कृष्णपुर-५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको उपचारको क्रममा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गएराति सवा १० बजे मृत्यु भएको हो ।

घाइते भएका दुवै मोटरसाइकलमा पछाडी सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्