Logo

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान



लण्डन, २५ चैत । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ ।

डा.पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा. पुनसँग अन्तरक्रियासमेत गरिएको थियो ।

कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ-नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्