Logo

सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो खुल्यो



फाइल तस्बिर

काठमाडौँ, २५ चैत । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो खुलेको छ ।

दोस्रो शिविरसम्मको बाटो खुलाउने जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीले बाटो खुलाएको हो ।

खुम्बु आइसफल र हिउँ खाल्डालगायतको कठिन भूगोलका कारण सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन चुनौतीपूर्ण रहेको छ । एसपीसीसीमार्फत खटिएका ६ जना आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्‍याङ राख्ने, डोरी टाँग्ने लगायतका काम गरेर दोस्रो शिविरसम्मको बाटो खुलाएका एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्