Logo

एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ: कमल थापा



काठमाडौँ, २५ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले)सँग तालमेल हुने सम्भावना रहेको बताएका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका हुन् ।

एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ,’ थापाले भने, ‘अवस्था हेरेर अरु दलहरुसँग सहकार्य हुनसक्छ ।’

उनले तालमेलका लागि स्थानीय तहको प्रकृति र अवस्थालाई आधार मानिने पनि प्रस्ट पारे ।आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकोले जसरी पनि चुनावमा सहभागी हुने र चुनाव जित्नका लागि गठबन्धन आवश्यक रहेको थापाको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्