Logo

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन: अर्थमन्त्री



काठमाडौँ, २५ चैत । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धराशायी नहुने प्रष्ट पारेका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रवार काठमाडौँ आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए ।

‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरूलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’, उनले भने ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन ।’

नेपाल र श्रीलङ्काबीच तुलन नै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने उनको भनाइ थियो । ‘हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायतालगाायत तथ्याङ्क हेर्‍यौँ भने श्रीलङ्कासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतङ्कित बनाउने काम गरिरहेका छन्, त्यसको तपाईँ हामी सबै मिलेर खण्डन गर्नुपर्छ’, उनले भने ।

श्रीलङ्कासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धराशायी हुन्छ भन्दै बहस गर्नेहरूलाई सकारात्मक भईइदबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्