Logo

आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्णः अध्यक्ष नेपाल



काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विकासका साथै जनताको आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण हुने बताएका छन् ।

पार्टीको काठमाडौँ जिल्ला कमिटीले शनिबार आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र जनअधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई समृद्ध बनाएर सुखी हुने जनताको चाहना पूरा गर्न समाजवादी अर्थ व्यवस्थालाई गतिशील बनाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा वापत भत्ता र आफ्नो गाउँ आफैँ बनाऔँजस्ता कार्यक्रम पहिलो कम्युनष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले ल्याएको स्मरण गरे ।

 

प्रतिक्रिया दिनुहोस्