Logo

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक



थाइल्याण्ड, २७ चैत । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् ।

सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३-२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् ।

प्रतिक्रिया दिनुहोस्