Logo

कम्युनिस्ट सरकारमा आएपछि देशको ढुकुटी रित्तियो: भुसाल



 

अर्घाखाँची, २७ चैत । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याएको आरोप लगाउँदै देशमा आर्थिक सङ्कट उत्पन्न हुन थालेको बताएकी छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी भुसालले कम्युनिस्ट पार्टीका नेताहरूले नागरिकलाई भन्दा आफ्नो पार्टी र कार्यकर्ता पोस्ने काम गर्ने गरेको आरोप लगाइन् ।

उनले पालिका सरकार बलियो बनाउन कानुन बनाउन दबाब दिँदा पनि तत्कालीन नेकपा एमाले सरकारले वास्ता नगरेको बताउँदै भन्नि, ‘नेपाल मात्र यस्तो देश हो जहाँ परिवर्तन नेपाली कांग्रेसले गर्छ, सत्ता कम्युनिस्टले चलाउँछ ।’ नेतृ भुसालले लोकतान्त्रिक पद्धतिको चुनावमा जाने नेपालका कम्युनिस्टहरूले कहिले पनि परिवर्तनको नेतृत्व सम्हाल्न नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्