Logo

गठबन्धनमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण हुन्छ: नेपाल



 

बलेवा, २८ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा(एस)को भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उनले गठबन्धको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताए । उनले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरु पार्टीले आशा राख्ने भएकाले ढुक्क भएर निर्वाचनका कार्यक्रममा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

विचार मिल्नेहरूका बीचमा तालमेल गरेर तीनै तहको निर्वाचनमा होमिन लागेको भन्दै उनले दक्षिण पन्थी अवसरबादका विरुद्धमासँगै लडाइँको मैदानमा जाने दाबी गरेका छन् ।

कम्युनिष्ट पार्टी बनाउनेले नै विद्रोह गर्नुपरेको इतिहास आफ्नो पालामा पनि दोहोरिएको उनले बताए । पार्टी कार्यकर्ता प्रशिक्षणमा बागलुङ आएका नेता नेपालले आज बागलुङ बजारमा भेलालाई सम्बोधन गर्दैै कार्यकर्ताबाट तर्सिने नेताबाट देशले कुनै आसा गर्न नसक्ने समेत बताए ।

उनले आफ्नो पार्टीमा जनलहर सुरु भएको पनि बताए । संस्थापक पुष्पलालदेखि आफ्नो पालामासमेत नेतृत्वको अर्कमन्यताले विद्रोह गर्नुपरेको नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्