Logo

उद्धोषण तथा नेतृत्व विकास तालिम सम्पन्न



कचनकवल, २९ चैत । युवा सरोकार सञ्जालको आयोजनामा सुकुनाडिगीमा भएको तीन दिने उद्धोषण तथा नेतृत्व विकास तालिम र महामारी जन्य रोग सम्बन्धि जनसचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

प्रदेश नं.१ का भूमिव्यवस्था, सहकारी तथा गरिबीनिबारण मन्त्री ओ‌म प्रकाश सरावगीको आर्थिक सहयोगमा भएको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष नारायण नेपालको सभापतित्वमा भएको तालिम उद्धघाटन समारोहको प्रमुख अतिथि नेपाली कांग्रेसका झापा जिल्ला सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी रहेका थिए भने समापन समारोहको प्रमुख अतिथि नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ का कार्यवहाक सभापति गिता भट्टराई रहेकी थिइन् ।

उक्त तालिमको सहजीकरण योगेन्द्र पौडेलले गरेका थिए ।

सो अवसरमा सहभागि प्रशिक्षार्थीहरुले तालिमबाट आफूहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै व्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्