Logo

ओखलढुंगामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु



ओखलढुंगा, ३० चैत । ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट पुर्वको लागि छुटेको जिप विहान हर्कपुरको भडारे खोलामा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ।

जीप दुर्घटनामा एकजना प्रहरी हवलदार र एक जना जवानको मृत्यु भएको भन्ने जानकारी पाएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिए । उनका अनुसार थप विवरण आउँन बाँकी रहेको छ ।

जिपमा ९ जना प्रहरी सवार रहेको भएपनि अरुको अवस्थाबारे जानकारी लिने काम भइरहेको उनको भनाइ छ । अहिले घाइतेको घुर्मीमा प्राथमिक उपचार भइरहेको बताइएको छ। यस्तै जटिल अवस्थाकालाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकोप्टरसँग समन्वय भइरहेको सिडिओ तामाङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्