Logo

तातोपानी नाका हुँदै भित्रिए तीन वटा बिजुली बस



 

रसुवा, ३० चैत । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा बिजुली बस नेपाल आइपुगेको छ ।

ती बस तातोपानी नाका आइपुगेको र भन्सार प्रक्रिया पूरा गरेर केही दिनमा काठमाडौँ ल्याइने साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिए ।

चीनको उकालो सडकमा बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ अर्थात् उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको हो । पहिलो चरणमा साझाले तीन वटा मात्र बिजुली बस ल्याएको हो । चीनको नानजिंगको सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा ती बस तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्