Logo

भारतीय भूतपूर्व सैनिक संघको अध्यक्षमा पुन: गुरुङ



 

बिर्तामोड, चैत ३० । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको अध्यक्षमा पुनः धनकुमार (डिके) गुरुङ चयन भएका छन् ।

बुधबार संघको कार्यालय बिर्तामोडमा भएको चौथो साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा भीममाया नेम्वाङ, सचिवमा मिलन हाङ्गाम लिम्बू, कोषाध्यक्षमा तारामणि श्रेष्ठ, सहसचिवमा नीरा भण्डारी र सहकोषाध्यक्षमा निर्मला गुरुङ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा लक्ष्मी देवान, चन्द्रप्रसाद ओली, पवित्रा तामाङ, सुजन गुरुङ, अनुत सुब्बा, नरकुमार गुरुङ र शेरबहादुर गुरुङ रहेका छन् ।

त्यसैगरी साधारणसभाले पूर्वमेजर श्याम गुरुङको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको छ । समितिका सदस्यहरुमा विष्णुप्रसाद योङहाङ, हिमालयप्रसाद कन्दङवा, सलबहादुर गुरुङ, अम्बरबहादुर गुरुङ, लक्ष्मण गुरुङ, रेनुका गुरुङ र पदमप्रसाद लिम्बू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्