Logo

नेपाली कांग्रेस झापाको संसदीय वोर्ड गठन



झापा, ३० चैत । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न टिकट वितरण र सिफारिसका लागि संसदीय वोर्ड गठन गरेको छ ।

पार्टीको विधान २०१७ संसोधन सहितको धारा ३१ एक को ‘ख’ बमोजिम जिल्ला संसदीय वोर्ड गठन गरेको हो । गठित संसदस्य वोर्डको सभापतिमा पार्टीका जिल्ला सभापति देउकुमार थेवे, वोर्ड सचिवमा कृष्ण हुमागाई र नवीन विमली रहेका छन् ।

त्यस्तै सदस्यहरुमा उपसभापतिद्वय शेरवहादुर भट्टराई, केशवराज पाण्डे, सहसचिवद्वय कालेन्द्रप्रसाद राजवंशी, कमल भण्डारी तथा सभापति पदका निकटतम प्रतिष्पर्धी राम कट्टेल रहेका छन् ।

जिल्ला सदस्यहरु मध्येबाट सभापतिले मनोनयन गर्ने पाँच जना बोर्ड सदस्यहरुमा रमेश दाहाल, पार्वता गिरी, भक्त खवास, लीला चिमरिया र सरस्वती सेढाई सदस्य रहेका छन् ।

यसैगरी विधान अनुसार जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने मध्येबाट महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री तथा पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केशवकुमार वुढाथोकी, सरिता प्रसाई, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाल आचार्य र १ नम्वर सभापति उद्धव थापा पदेन सदस्य रहेका छन् ।

त्यस्तै कांग्रेस झापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टी भित्र आन्तरिक अनुशासन कायम राख्न तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

गठित समितिको सभापतिमा पार्टी सभापति थेवे र सदस्यहरुमा पार्टी उपसभापतिद्वय शेरवहादुर भट्टराई र केशवराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्