Logo

विप्लव समूह परित्याग गर्दै दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश



काठमाडौँ, १ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छ्न् ।

खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरू, संविधानसभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरू त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस्