Logo

एरिया ‘ए’ को अध्यक्षीय भेला चारआलीमा



झापा, २ बैशाख । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्षीय भेला शनिवार देशभरका चार वटा क्षेत्रमा एकैसाथ हुँदैछ ।

जस अन्तर्गत क्षेत्र ‘क’ को चारआली जेसीजले आतिथ्यता गर्दैछ । चारआलीस्थित एफ सि कर्नरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको चारआली जेसिजका महासचिव सुजुप सुवेदीले जानकारी दिए ।

उक्त भेलामा शाखामा नयाँ नेतृत्व प्राप्तपछिको ३ महिना पुरा भएका गतिविधि, आगामी रणनीति, एक अर्का शाखाहरुबिचको अनुभव आदानप्रदानसहित विभिन्न कार्यक्रमहरुका बारेमा छलफल हुने गर्दछ ।

उक्त भेलमा क्षेत्र ‘क’ का ४३ जना शाखाका अध्यक्षहरु, निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलासहित नेपाल जेसीजको बोर्ड, पूर्व अध्यक्षहरुलगायत सहभागिता हुने चारआली जेसीजका अध्यक्ष बिरबहादुर बेघा विरु ले बताए ।

नेपाल जेसीजले दिइएको जिम्मेवारीलाई पूरा गर्ने अवसर पाएको र यसलाई कुशलता पुर्वक सम्पन्न गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्