Logo

सत्तारुढ गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन कार्यदल गठन



झापा, ४ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि वराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् ।

प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठवन्धनका संयोजक तथा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा बसेको बैठकमा नेपाली काँग्रेसका तर्फबाट सुधीरकुमार शिवाकोटी र कृष्ण हुमागाई, नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन टुडु, सीपी कडरिया र राजु आचार्य सहभागी रहेका थिए ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका तर्फबाट वेदराज रेग्मी, भाष्कर काफ्ले र इन्द्र वुढाथोकी, जनता समाजवादी पार्टीका तर्फबाट नित्यानन्दसिंह राजवंशी र दिपेनवाला राई सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्