Logo

सरकार र गठबन्धन निर्वाचन सार्ने पक्षमा छैन : प्रचण्ड



काठमाडौँ, ५ वैशाख । सत्तारुढ गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको तर अब सरकार र सत्तारुढ गठबन्धन निर्वाचन गर्ने मनसायमा नरहेको बताएका छन् ।

उनले गठबन्धन दृढताका साथ निर्वाचनको तयारीमा लागेको छ ।नेपालमा मतदानको दिनसमेत निर्वाचन सर्छ भन्ने चर्चा हुने गरेको भन्दै अहिले निर्वाचन सर्ने चर्चामा कुनै सत्यता नभएको बताए । उनले भने, ‘देश निर्वाचन प्रक्रियामा होमिई नै सकेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा दलहरू देशव्यापी अभियानमा छन् । निर्वाचन के हुन्छ भन्ने प्रश्न पनि मिडिया र विभिन्न व्यक्तिले आशंकाले हेर्ने गरिएको छ । निर्वाचन सर्दैन, वैशाख ३० गते नै निर्वाचन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्