Logo

कुनै दलको ‘पुच्छर’ बनेर स्थानीय तह चुनावमा नजाने: नेता खनाल



झापा, ६ वैशाख । एकीकृत समाजवादीका नेता झलनाथ खनालले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तह चुनावमा नजाने बताएका छन् ।

धुलाबारीमा मंगलबार मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटनपछि खनालले पार्टीको भूमिकालाई नजरअन्दाज गरिए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी पनि दिए । उनले भने, ‘कुनै बहानामा हामीलाई अपमान गरिए त्यो सह्य हुनेछैन ।’ खनालले ‘कुनै दलको पुच्छर बन्न एकता सम्भव नरहेको’ दोहोर्‍याए ।

उनले गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा पार्टी नरहेको भन्दै गठबन्धन नभए एक्लै चुनावी मैदानमा ओर्लिन पनि तयार रहेको उद्घोष गरे । निर्वाचन सार्न सरकार र सिंगो गठबन्धन लागि परेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपको खण्डन गर्दै खनालले थपे, ‘निर्वाचन सरोस् भन्ने एमालेको भित्री चाहना छ, त्यही चाहना बारम्बार प्रतिबिम्बित भएको हो ।’

 

प्रतिक्रिया दिनुहोस्