Logo

गठबन्धनकाे शक्ति देखेर केपी ओली थरथरी कामेका छन्: पाैडेल



काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कामेको आरोप लगाएका छन् ।

मङ्गलवार नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी ओली थरथरी कामेको बताएका हुन् ।

सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वत्हरूसँग हातेमालो गर्न पुगेका उनको आरोप छ । उनले भने, ‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी कामेका छन् । केपी ओली हतास भएका छन् । उनी भ्रष्ट, प्रतिगामी र अवसरवादीहरूसँग मिलेर गठबन्धन गरिरहेका छन् ।’

त्यस्तै वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभइ व्यवस्थाका लागि बनेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्