Logo

पल शाह प्रकरण: बालिकाका बाबुले पनि बयान फेरे



तनहुँ, ६ वैशाख । अभिनेता पूर्णविक्रम शाही भनिने पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् ।

जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भनी बयान दिएका हुन् ।

जाहेरी दिने नाबालिकका बाबुको बकपत्रअनुसार जाहेरीमा उल्लेख गरिएका विवरण सबै झुटो भएको र बुझ्दै जाँदा त्यस्तो घटना नभएको दाबी गरिएको अदालत स्रोतले जनाएको छ । दुई दिनअघि पीडित भनिएकी बालिकाले पनि बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् ।

बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्