Logo

बीपी राजमार्गको सिन्धुली खण्ड बन्द



 

सिन्धुली, ७ वैशाख । जीपको ठक्करबाट पैदलयात्रीको ज्यान गएको विषयलाई लिएर बीपी राजमार्ग अन्तर्गतको सिन्धुली खण्ड चार घण्टादेखि बन्द रहको छ ।

मङ्गलवार राति पिपलभन्ज्याङ-पचभैया सडकमा जीपको ठक्करबाट पैदलयात्री ३९ वर्षका विजय मोक्तानको ज्यान गएको विषयमा स्थानीयवासीले आज बिहानदेखि सडक बन्द गराएका हुन् । स्थानीयवासीले क्षतिपूर्ति र चालकलाई पक्राउ गरेर कारबाहीको माग गरेका छन् ।

वार्ता सफल नभएपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गर्दा झडप भएको छ । सडक बन्द हुँदा सयौँ गाडी रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्