Logo

पर्वतको कुश्मा बजारमा आगलागी



पर्वत, ८ वैशाख । पर्वतको सदरमुकाम कुश्मा बजारको एक घरमा आगलागी भएको छ । लक्ष्मी श्रेष्ठको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रको टोलीको पहलमा सामान्य नियन्त्रणमा आएपनि अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाबाट वारूणयन्त्र मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

विद्युत् सटका कारण आगलागी भएको अनुमान गरिए पनि अझै कारण पत्ता लागिनसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्