Logo

निर्वाचन अधिकृतको कार्यालय स्थापना



काठमाडौँ, ८ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए ।

उनले अब स्थानीय तहको निर्वाचन नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै वैशाख ३० गते जसरी पनि चुनाव हुने दाबी गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आवश्यक सामग्री पुर्‍याउने काम पनि भइरहेको उनले बताए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आउँदो ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्