Logo

झापामा एकीकृत समाजवादीद्वारा १५ पालिकामा उम्मेद्वार सिफारिस



झापा, ८ वैशाख । झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ ।

गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ ।

नेकपा एसका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले सबै स्थानीय तहमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गर्दै गठबन्धनबाट नेकपा एस बाहिरिएको जनाएका छन् ।

यी हुन् नेकपा नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका उम्मेदवार

१) मेचीनगर प्रमुख: शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ
उप प्रमुख: बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा

२) बुद्धशान्ती प्रमुख : दुर्गा आचार्य, पुस्प खतिवडा
उप प्रमुख: प्रदीप धिमाल

३) अर्जुनधारा प्रमुख: भास्कर काफ्ले, प्रत्युश राना
उप प्रमुख: रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा

४) बिर्तामोड प्रमुख: चन्द्रकला घिमिरे, चेतानन्द निरौला
उप प्रमुख: तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला

५) कनकाई प्रमुख: नारायण सिंह राजबन्सी
उप प्रमुख: अम्बिका उप्रेती

६) भद्रपुर प्रमुख : पुस्प पोखरेल, दुर्गा भट्टराई
उप प्रमुख: पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल

७) शिबसतासी प्रमुख: नवीन इजम
उप प्रमुख: यसोधा भट्टराई

८) कमल प्रमुख: हरीमाया मैनाली, खगेन्द्र बाराकोटी
उप प्रमुख: होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी

९) गौरादह प्रमुख: खगेन्द्र दाहाल, नारायण राजबन्सी
उप प्रमख: लक्ष्मीदेबी चौधरी

१०) कचनकवल प्रमुख: खेपचरण यादब
उप प्रमुख: मेहरमान राजबन्सी

११) दमक प्रमुख: इन्द्र बुडाथोकी, भरतबाबू कार्की
उप प्रमुख: रामकुमारी तामाङ, लक्ष्मी चौधरी

१२) बार्‍हदशी प्रमुख: लक्ष्मी पकुवाल, सीताराम बस्नेत
उप प्रमुख: सुस्मा मुर्मु

१३) गौरीगन्ज प्रमुख: हिराकाजी गिरी, हुपनारायण राजबन्सी

१४) झापा प्रमुख: रामबहादुर खड्का
उप प्रमुख: इस्वरी दाहाल

१५) हल्दीबारी प्रमुख: टीका पौडेल

प्रतिक्रिया दिनुहोस्