Logo

‘विवाहकाे शुभ समाचार यहाँहरूसँग बाँड्न पाउँदा निकै हर्षित छु’



काठमाडौँ, ९ वैशाख । अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी छिन् । बिहीवार उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् ।

विवाहपछि केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले कलाकारको रूपमा पाएको माया, सद्भाव र समर्थनप्रति आभार रहेको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कलाकारका रूपमा मेरा हरेक उतारचढावको साक्षी बन्नुभएका मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरूव यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ ।’

अभिनेत्री अधिकारीले आफूहरूलाई समर्थकहरूको माया, साथ र सद्भाव सधैँ रहिरहने विश्वास पनि लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्