Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित



काठमाडौँ, ९ वैशाख । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

नेताहरुको व्यस्तताका कारण बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीबारे छलफल गर्न बैठक भोलि बिहानका लागि आह्वान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्