Logo

मस्जिदभित्र कुटाकुट: आठ जना घाइते



दाङ, ९ वैशाख । लमहीस्थित एक मस्जिदमा दुई समूहबीच कुटाकुट भएको छ । कुटाकुटबाट आठ जना घाइते भएका छन् ।

दुई समूहबीच अन्धाधुन्ध आक्रमण हुँदा एक जना गम्भीर घाइते भएका छन् भने सात जना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्पराज थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो करिब एक बजे लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेका वेला त्यही भीडबाट चक्कु र इँटा प्रहार भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइतेहरूमध्ये चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्