Logo

तलको रिपोर्ट सुन्दा हामी उत्साही हुने अवस्था छैन: नेपाल



काठमाडौँ, १० वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबारे जिल्ला तहको रिपोर्ट सुन्दा आफ्नो पार्टीले उत्साहित र आशावादी हुने अवस्था नरहेको बताएका छन् ।

७३ औँ कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘पाँच दलीय गठबन्धनमा छलफल भइरहेको छ । तर, तल्लो तहको रिपोर्ट सुन्दा उत्साहजनक छैन । पहिलो चरणको सहमति उत्सावर्द्धक नै थियो । महानगर र उपमहानगरको सहमति गरेको छौँ । महानगरको भागबण्डाले राम्रो सन्देश दिएको छ ।’

उनले आफ्नो पार्टीको संगठन देशव्यापी भए पनि गठबन्धनमा रहेका दलहरूको तीव्र आकांक्षाले समस्या भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘देशैभर हाम्रो पार्टीको संजाल छ । हामीले हाम्रो हैसियत अनुसारको न्युनतम सबै जिल्लामा पाउनुपर्छ भनेका छौँ । कांग्रेस, माओवादी र जसपाले जितेको ठाउँमा ठिकै छ । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ। सबैको आकांक्षा बढ्दो रहेछ । कांग्रेसका कतिपय नेताहरू गठबन्धनप्रति इमान्दार देखिएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्