Logo

आईपीएल: रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरको लज्जास्पद हार



मुम्बई, ११ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले लज्जास्पद हार बेहोरेको छ ।

मुम्बईमा भएको खेलमा बेङ्ग्लोरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाएर भेट्टायो । हैदराबादका अविषेक शर्माले ४७ रन बनाए ।

त्यस्तै केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे । बेङ्ग्लोरका हर्सल पटेलले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो । बेङ्ग्लोरका सुयाश प्रभुदेशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन जोडे । हैदराबादका मार्को जान्सेन र टि नाटराजनले तीन-तीन विकेट लिए । जगदिश सूचितले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्