Logo

स्थानीय तह निर्वाचन: झापामा ७९५ जना उम्मेदवारले गराए मनोनयन दर्ता



झापा, १२ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पहिलो दिन झापामा ७९५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका १५ वटा पालिकाको निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ७९५ जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रमुख वा अध्यक्षमा ४० जना, उपप्रमुख वा उपाध्यक्षमा ३१ जना, वडाध्यक्ष १९६ जना, महिला सदस्यमा १४३ जना, दलित महिला सदस्यमा १०३ जना र खुल्ला सदस्यमा २८२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्