Logo

दमकमा गठबन्धनका तर्फबाट मनोनयन दर्ता



दमक, १२ वैशाख । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज दमक नगरपालीकामा नेपाली कांग्रेस सहितको गठबन्धनका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द, रािष्ट्रय प्रजातन्त्र पार्टि र जनता समाजवादी पार्टिको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेद्वाहरुले एकसाथ आज दिउँसो मनोनयन दर्ता गराएका हुन् ।

गठबन्धनबाट नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टिका राम थापा, र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाईंले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी गठबन्धनबाट वडा नम्बर १ मा तारा अधिकारी, २ मा रुद्र कार्की, ३ मा डिल्ली चापागाईं, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा यामजी श्रेष्ठ, ७ मा भिम पौडेल, ८ मा प्रकाश चापागाईं, ९ मा नगेन्द्र घोर्षाईं र १० मा राजेन्द्र भण्डारीले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । वडा नम्बर १ का अधिकारी र ७ का पौडेल यस अघि पनि वडा अध्यक्ष भइसकेका छन् । उनीहरु दुवै जना राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्पmबाट वडाध्यक्षको उम्मेद्वार बन्नु भएको हो । त्यस्तै वडा नम्बर २, ६, ८ र ९ मा माओवादी केन्द्र साथै वडा नम्बर ३, ४, ५ र १० मा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दर्ता भएको हो ।

गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराउँदै नगर प्रमुखका उम्मेद्वार राम थापाले नगरको नेतृत्वमा रहेर नगरबासीको सेवा गर्ने आप्mनो चाहन पुरा हुने अवस्थामा पुगेको बताए । आफुहरुको गठबन्धनमा सबैदल, बिचार, समुदायको प्रतिनिधित्व रहेकोले समग्र दमकको बिकाशका लागी यो टिमनै विजयी हुने बताए । त्यसैगरी उप प्रमुखकी उम्मेद्वार रेगिना भट्टराई प्रसाईंले पनि नगरका प्रमुख दलहरुको गठबन्धन रहेकाले आफुहरुको बिजय निश्चित भएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्