Logo

युक्रेनी राष्ट्रपति र अमेरिकी शीर्ष अधिकारीबीच भेटवार्ता



युक्रेन, १३ वैशाख । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् ।

रुसले आक्रमण थालेपछि भएको अमेरिकी उच्च अधिकारीहरुको भ्रमणका क्रममा रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले युक्रेनका लागि तीन दशमलव चार बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ । आर्थिक सहायता कार्यक्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा रहेको बताए ।

उनले रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्