Logo

आज २३ औँ मनमोहन स्मृति दिवस मनाइँदै



काठमाडौँ, १३ वैशाख । आज २३ औँ मनमोहन स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदैछ । मनमहोन स्मृति प्रतिष्ठानले आज विशेष कार्यक्रम आयोजना गरेर मनमोहन स्मृति दिवस मनाउने भएको हो ।

प्रतिष्ठानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाउन लागेको हो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा नेकपा एमालेले २०५१ सालमा ९ महिना सरकार चलाएको थियो ।

अधिकारी प्रधानमन्त्री बनेका बेला उनले आफ्नो गाउँ आफैँ बनाउँदेखि सामाजिक सुरक्षाभत्ता, गाउँगाउँमा सहकारी, महिला र पुरुषको नाममा संयुक्त रजिस्ट्रेशन पास लगायतका लोकप्रिय कार्यक्रमको शुरुवात गरेका थिए । उनको सरकारले २०५२/०५३ देखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन शुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्