Logo

एमाले मेचीनगरको प्रतिवद्धता पत्र सार्वजनिक



 

मेचीनगर, १३ वैशाख । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन-२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो ।

एमालेले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, उद्योग व्यापार, कला साहित्य, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १३ बुँदालाई समेटेर १६७ पृष्ठमा प्रतिवद्धता पत्रमा समेटेको छ ।

एमाललेले कक्षा १२ सम्मको शिक्षालाई नि:शुल्क गर्ने नगरमा सञ्चालित मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटमा आर्किटेक्चर र आइटी विषयमा इन्जिनियरिङको डिब्लोमा अध्ययन गर्न चाहने हरेक वडाका २ जना गरी ३० जनालाई निःशुल्क शिक्षाको प्रवन्ध मिलाउने भएको छ ।

नेकपा एमाले निरोगी नगर, स्वस्थ नगरबासी भन्ने बुँदामा बिभिन्न २३ उपबुँदा समेटेको छ । जस अन्तरगत नगरवासीलाई निशुल्क स्वास्थ्य सेवा, आर्थिक अभावका कारण नगरमा कोहीपनि उपचारबाट बन्चित हुन नपरोस भनेर निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी पोषणको घरघरमै व्यवस्था गर्ने, मिर्गौला प्रत्यारोपण तथा मुटु मस्तिष्कघात र क्यान्सर जस्ता जटिल रोगको उपचारमा नगरबाटै सहयोग गर्ने लगायतका २३ बुँदा समेटेको छ भने शिक्षातर्फ गरिवलाई डाक्टर तथा इन्जिनियर पढाउने बाचा गरेको छ ।

त्यसैगरी सीमान्तकृत समुदाय र विपन्न वर्गका मेधावी विद्यार्थीलाई एमबीबीएस र बीई अध्ययन गर्न निश्चित मापदण्ड छात्रवत्तिको व्यवस्था गर्ने लगायतका २६ बुँदामा समेटेको छ ।

मेचीनगरको समृद्धिको लक्षको साथ आधुनिक र व्यवसायिक कृषिमा जोड दिँदै २४ बुँदे कृषि कार्यक्रम समेटेको छ । एमालेले सामाजिक सुरक्षा भत्ता अव घरघरमा पुर्याउन उद्घोष गरेर जेष्ठ नागरिकहरुको भावनालाई सम्बोधन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्