Logo

प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य



काठमाडौँ, १६ वैशाख । आज (शुक्रबार) सुनको भाउ प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँले बढेसँगै तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको जनाएको छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्