Logo

विराटनगर महानगरपालिका: एमालेको उम्मेदवार विरुद्धको उजुरी खारेज



विराटनगर, १६ वैशाख । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै परेको उजुरी आयोगले खारेज गरिदिएको हो । कार्कीले राजीनामा गरेको कागजात पेश गरेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनी विरुद्घ परेको उजुरी खारेज गरिदिएको हो । अब कार्कीको उम्मेदवारी कायम भएको छ ।

कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए ।

उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्