Logo

स्थानीय तह निर्वाचन: १ लाख ५३ हजार २ सय २० जना उम्मेदवार



काठमाडौँ, १६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सात सय ५३ वटा पालिकामा गरी एक लाख ५३ हजार दुई सय २० जनाको उम्मेदवारी कायम भएको छ ।

केहीबेरअघि निर्वाचन आयोगले उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो ।

मनोनयन दर्ता गराएकाहरूले उम्मेदवारी फिर्ता लिने समय आज बेलुकी पाँच बजेसम्म थियो । उम्मेदवारी फिर्ता गर्ने समय सकिएपछि आयोगले कायम उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो । आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय दिएको थियो ।

उम्मेदवारकाे सङ्ख्या घटबढ हुन सक्ने आयाेगले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्