Logo

सत्तरी किलो गाँजासहित एक पक्राउ



चितवन, १७ वैशाख । गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा राप्ती नगरपालिका–३ का २६ वर्षीय सुजन भनिने बुद्धिलाल प्रजा रहेका छन् । उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे राप्ती नगरपालिका–१ परेवाकोटबाट पक्राउ गरिएको हो । गाँजासहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्