Logo

सरकारले बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने



काठमाडौँ, १७ वैशाख । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी यस्तो व्यवस्था गर्न लागिएको बताएका हुन् ।

त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामहरुको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ । बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईँले बताए ।

प्रतिक्रिया दिनुहोस्