Logo

सशस्त्रको आईजीपीमा राजु अर्याल नियुक्त



काठमाडौँ, १८ वैशाख । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा गरेको हो ।

अर्याल सशस्त्र प्रहरी बलका १२ औं आईजीपी हुन् । आईजीपीको रुपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्