Logo

भोट माग्दै घरदैलोमा अर्जुनधारा-१० का एमालेका उम्मेदवार



अर्जुनधारा, १८ वैशाख । अर्जुनधारा नगरपालिका वडा नं.१० का नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि एमालेका वडा नं.१० का वडाध्यक्षका उम्मेदवार भुपेन्द्र न्यौपाने, वडा सदस्यका उम्मेदवारहरु डम्बर द्यौराली, रुपेश लिम्बू, महिला वडा सदस्यका उम्मेदवार तुलसा विष्ट महतारा र दलित महिला सदस्यका उम्मेदवार सिता परियारले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

बुधबारबाट सुरु भएको एमालेको चुनावी अभियान अन्र्तगत आइतबार आनन्द पोखरी टोलको कोइराला चोकबाट सुरु भएको घरदैलो कालिस्थान चोक, बुद्ध चोक हुँदै चिसापानी चोकमा पुगेर समापन भएको एमालेका वडा नं.१० का सचिव केशव सञ्जेलले जानकारी दिए ।

उक्त चुनावी घरदैलो अभियानमा एमाले वडा नं.१० का इञ्चार्ज कर्णखर ढुंगेल, नगर पार्टी उपसचिव जनक चम्लागाईं, एमाले वडा नं.१० का अध्यक्ष भानु मिश्र, पार्टीका कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्