Logo

भोट माग्दै घरदैलोमा मेचीनगर-१२ का गठबन्धनका उम्मेदवार



 

 

मेचीनगर, १८ वैशाख । मेचीनगर नगरपालिका वडा नं.१२ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् ।

आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं.१२ का वडाध्यक्षका उम्मेदवार नरेन्द्र धिमाल, वडा सदस्यका उम्मेदवारहरु राजकुमार मेचे, रोनलाल मेचे (रुपेश), महिला वडा सदस्यका उम्मेदवार शान्ति भुजेल र दलित महिला सदस्यका उम्मेदवार लिला बराइलीले आइतबारबाट चुनावी अभियान प्रारम्भ गरेका हुन् ।

गठबन्धनको चुनावी अभियान पारुहाङ टोलबाट सुरु भएर धिमाल गाउँ, वासु टोल हुँदै स्यालडाँगीमा पुगेर समापन भएको नेपाली कांग्रेस वडा नं.१२ का सभापति विरबहादुर तामाङले जानकारी दिए ।

उक्त अभियानमा नेकपा माओवादी केन्द्र वडा नं.१२ का इञ्चार्ज साउन मेचे, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शंकर मेचे, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कालु मेचे, नेकपा माओवादी केन्द्र वडा नं.१२ का अध्यक्ष पदम सुनवार, सत्ता गठबन्धनका कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्