Logo

केशव स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।

धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले भनेका थिए- यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

“हामीले यसमा आचारसंहिता विपरीत भयो कि भएन? तपाईंले यस्तो भन्नुभएको हो कि होइन? भनेर सोधेका छौँ,” निर्वाचन आयोग उच्च स्रोतले भन्यो, “हामीले तीनदिन भित्र स्पष्टीकरण दिनू भनेर पत्र काटिसकेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्